रुकुम पुर्वका तीन ओटै गाउँपालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन

२०७८ कार्तिक १०

रुकमु पूर्व / मंगलबार नेकपा (एमाले) रुकुम पूर्वले जिल्लाका तीन ओटै गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । पार्टी जिल्ला सचिव लिलामणी गौतमका अनुसार सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

सचिव गौतमले दिएको जानकारी अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देबिलाल गिरी सचिव, बिष्णु देबकोटा र मान बहादुर खड्का उप सचिवमा चयन हुनु भएको छ ।

त्यसैगरी भुमे गाउँपालिकामाको अध्यक्षमा कमानसिंह डाङी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहादुर बि क, उपसचिवमा दिपा सुनार र उप सचिव सिजन कुमार नेपाली चयन हुनुभएको छ ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा मोहनभक्त बुढा मगर अध्यक्ष, साईधन बुढामगर उपाध्यक्ष, लक्ष्मण बुढा मगर सचिव पदमा चयन हुनुभएको बताईएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०६:१०
प्रतिक्रिया दिनुहोस्