Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिनको अवसरमा बिद्यार्थीलाई पुरस्कार व्यवस्था

आइतबार, जेठ २०, २०८१
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटाका प्रधानाध्यापकले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको छ । 

प्रधानाध्यापक टिकाराम खड्काले विद्यालयमा भएको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउन सफल बिद्यार्थीहरुलाई पुरस्कारको व्यवस्था गर्नुभएको हो । 

विद्यालयका अनुसार गत शुक्रबार विद्यालयमा भएको वक्तृत्वकला प्रतियागिताको सम्पूर्ण पुरस्कार प्रधानाध्यापक खड्काले आफ्नो जन्मदिनको अवसरमा व्यवस्थापन गर्नुभएको हो । 

विद्यालयमा आधारभूत तहको कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ का साथै माध्यमिक तहको कक्षा ९ र १० को छुट्टाछुट्टै प्रतियागिता भएको थियो । उक्त प्रतियोगितामा सहभागिता भई उत्कृष्ट स्थान ल्याउन सफल बिद्यार्थीहरुलाई सात हजार बराबरको पुरस्कार व्यवस्था गर्नुभएको हो । 

यस अवसरमा प्रधानाध्यापक खड्काले यस कार्यलाई निर्नतरता दिने समेत बताउनुभयो । प्रधानाध्यापक खड्काले प्रशंसनिय कार्य गरेको विद्यालयको भनाई रहेको छ । 

445365334_437301655682262_2831060490365187510_n-1717330478.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्