Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा 'देश विकासमा विद्यार्थीको भूमिका' शिर्षकमा निबन्ध प्रतियोगिता आयोजना

आइतबार, जेठ २०, २०८१
tribeni2

सामाजिक विकास कार्यालय रुकुम पश्चिमले निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । 

विद्यालय तहमा अध्ययनरत बिद्यार्थीहरुको प्रतिभा तथा क्षमता पहिचानका लागि विद्यालयस्तरिय निबन्ध प्रतियोगिता आयोजना गरेको कार्यालयले जनाएको छ । 
‘देश विकासमा बिद्यार्थीको भूमिका’ शिर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरिएको समाजिक विकास कार्यालयका निमित्त कार्यालय प्रमुख ध्रुव कुमार बाँठा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई १९ हजार, द्धितिय हुनेलाई १४ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना स्थान ल्याउनेलाई सात हजार नगद पुस्कारको व्यवस्था गरिएको छ । 

कार्यालयले आज एक सूचना जारी गर्दै थप उत्कृष्ट १० जना छात्र र १० जना छात्रालाई जनही एक हजार नगद र स्टेशनरी सामाग्रीहरु प्रदान गर्ने समेत जनाएको छ । 

प्रतियोगितामा भाग लिने बिद्यार्थीले तोकिएको शिर्षकमा हस्तलिखित नेपाली भाषाको निबन्ध इमेल मार्फत पठाउन सकिने जनाएको छ । निबन्ध सात सय देखि एक हजार दुई सय शब्दको हुनुपर्ने कार्यालयका महिला विकास निरीक्षक सशिला घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ ३० गतेभित्र निबन्ध पठाईसक्नुपर्ने छ । 

कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार निबन्ध प्रतियोगिता गर्न लागिएको कार्यालयले जनाएको छ । 
IMG-20240602-WA0004-1717334244.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्