नेभिगेशन
समाज

साँखमा ओलीबारा देवीथान मन्दिर निर्माण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७ साँखमा ओलीबारा देवीथान मन्दिर निर्माण गरिएको छ । 

बर्षौदेखि शक्तिपिठको रुपमा देवीको पुजा हुँदै आएको उक्त स्थानमा मन्दिर बनाईनुका साथै घेराबार समेत गरिएको छ । मन्दिर निर्माण समितिका अध्यक्ष लालबहादुर महतका अनुसार पुरानो मन्दिर जिर्ण भएपछि रुखमा देवीको पुजा गर्ने गरिन्थ्यो ।

गत वर्ष स्थानीय खानेपानी योजना निर्माणका क्रममा केहि रकम बचाएर मन्दिर निर्माण गरिएको खानेपानी योजना निर्माण समितिका अध्यक्ष समेत रहनुभएका महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै मिलेर खानेपानीको योजना राम्रो बनायौ, बचत रकम मन्दिर निर्माणमा लगायौ ।’ 

योजना निर्माणको क्रममा गुणस्तरहिन कार्य गर्ने, रकम बचाएर अपचलन गर्ने गुनासो बढिरहेको बेला महतको नेतृत्वमा भएको यस कार्यलाई उदाहरणीय कार्यको रुपमा लिईएको छ । 

यसका साथै मुसिकोट नगरपालिकाको पाँच लाख वजेटबाट सोेहि मन्दिर परिसरमा घेराबार समेत गरिएको छ । यस मन्दिरमा बडा दशै र चैते दशैमा देवीको पुजा हुने गर्दछ । मन्दिरमा बली चढाउनुका साथै आँटेकाहरुले पञ्चबल समेत चढाउने गर्दछन् । 

मन्दिर निर्माण तथा घेराबार कार्यले यहाँको धार्मिक तथा पर्यटकिय क्षेत्रमा टेवा पुग्ने विशवास लिईएको छ । 

447478789_3655659858035756_6570652517603141271_n-1717382094.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज