सोसल मिडिया
बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १ प्रगतिनगरस्थित गिता बढईलाई मृत्यु काजकिरिया खर्च प्रदान गरिएको छ । मनकामना स्मार्ट लघुबित्त बित्तिय सस्थां लि. नेपालगञ्ज शाखाले बढईलाई ६५ हजार रुपैया सहयोग हस्तान्तरण गरेको हो । राना चोक प्रगतिनगर अवस्थित गुराँस मनकामना स्मार्ट महिला केन्द्रमा बचत तथा कर्जामा आबद्ध सदस्य गिता बढईको मृत्युपछि काजक्रिया खर्च हस्तान्तरण गरिएको हो ।
सदस्य बढई मनकामना स्मार्ट लघुवित्त नेपालगञ्ज शाखामा २०७९ सालबाट समुहमा आवद्ध हुनुभएको थियो । सदस्य गिता बढईको काज क्रिया खर्च बाफतको रकम हस्तान्तरण गरिएको शाखा प्रबन्धक सृजना खड्काले जानकारी दिनुभयो।
मनकामना स्मार्ट लघुवित्तले लुम्बिनी प्रदेशमा ३९ वटा शाखा कार्यालयबाट बित्तीय सेवा दिदै आएको छ ।