Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हराएको डेढ महिनापछि मालिका जंगलमा एक पुरुषको कंकाल भेटियो

सोमबार, जेठ २१, २०८१
tribeni2

रुकुम पश्चिममा एक पुरुषको कंकाल भेटिएको छ ।जिल्लाको चौरजहारी नगरपालिका -५ स्थित मालिका सामुदायिक वनमा कंकाल फेला परेको हो ।

उक्त कंकाल चौरजहारी नगरपालिका -१४ नाउली निवासी ७४ बर्षिया कर्ण बहादुर पुनको रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिनुभयो ।

पुन गत बैशाख ९ गतेदेखि हराउनुभएको थियो । हराएको करिब डेढ महिनापछि उहाँको शव जलेर कंकाल अवस्थामा फेला परेको हो । उहाँको मानसिक समस्या रहेको आफन्तको भनाइ छ । प्रहरी र आफन्तको निरन्तरको खोजिपछी जंगलमा उहाँको शव जलेको अवस्थामा फेला परेको हो ।

शव जलेको अवस्थामा फेला परेको र आफन्तले दाँतको आधारमा पहिचान गरेको डिएसपी पोखरेलले बताउनु भयो । पुनको एउटा खुट्टा र दाँत मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको हो ।

सनाखत र आवस्यक कागजी प्रक्रिया पश्चात पुनका आफन्तले शव बुझेको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्