सोसल मिडिया
रुकुम पश्चिम / नेकपा एमालेको दशौँ महाधिवेशनको पुर्व तयारी स्थानीय तहमा केन्द्रीत भए सङ्गै रुकुम पश्चिमका स्थानिय तहमा पनि एमालेको नयाँ नेतृत्व सर्वसम्मत आएको छ ।
मंगलबार जिल्लाका सबै पालिकाको अधिवेशन गरि पार्टीको पदाधिकारी सहितको नयाँ नेतृत्व चयन गरेको जिल्ला प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुसिकोट नगरपालिकामा थल बहादुर ओली को अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन भएको छ । यसैगरी चौरजहारी नगरपालिकामा अतिराम ओलिको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, आठबिसकोट नगरपालिकामा दिनेश चन्दको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरिएको छ ।
बाफिकोट गाउँपालिकामा ब्युँझना पुन देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, त्रिवेणी गाउँपालिकामा डिल्ली बहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी र सानीभेरी गाउँपालिकामा लोक बहादुर खड्काको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन भएको बताईएको छ ।
सबै ठाउँमा उत्साहका साथ अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटीले बताएको छ । आगामी मंसिरमा हुने दशौ महाधिवेशनका लागि नेकपा एमालेले अहिले वडाको सकेर स्थानीय तहको अधिवेशन गरिरहेको छ ।
देश संघियतामा गएपछिको स्थानीय तह र प्रदेशका संरचना वनाउन पहिलो अधिवेशन भैरहेको हो । मंगलबार एमालेका अध्यक्ष केपि शर्मा ओलिले भर्चुअल माध्यमबाट देशभरिका स्थानीय तहको पालिका अधिवेशन उत्घाटन गर्नुभएको थियो ।