Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा दलित समुदायको सशक्तिकरण तथा क्षमता विकासका लागि कार्यक्रम 

मंगलबार, जेठ २२, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोटमा दलित समुदायको सशक्तिकरण र क्षमता विकासका लागि कार्यक्रम अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । 

सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा आठविसकोट नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम भएको हो । 

दलित समुदायको सशक्तिकरण तथा क्षमता विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक विकास कार्यालयका निमित्त प्रमुख ध्रुव कुमार बाँठा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार दलित समुदायको अवस्था, उत्थान, नीतिगत व्यवस्था, सशक्तिकरणको सवाल, नेतृत्व विकास लगायतका विषयमा नगरपालिकाका दलित अगुवाहरुलाई अभिमुखिकरण तथा छलफल गरिएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देव बहादुर बिक, जिल्ला अदालत रुकुम पश्चिमका शाखा अधिकृत रोदिप सुनाम, वडा नम्वर ३ का वडा अध्यक्ष केशरमान बिक, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्साल लगायतले जात व्यवस्था, दलितहरुको सवाल, बिद्यमान कानूनी व्यवस्था लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो । 

WhatsApp-Image-2024-06-04-at-21.08.36_81d76397-1717514922.jpgकार्यालयको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार यो कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा सम्पन्न गरिएको महिला विकास निरीक्षक सशिला घर्तीमगरले जानकारी दिनुभयो । 

आठविसकोटमा भएको कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता कार्यालयका निमित्त प्रमुख ध्रुव कुमार बाँठा मगरले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका उप प्रमुख देव बहादुर बिकको रहेको थियो ।

कार्यक्रममा आठविसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीको बिशेष आतिथ्यता रहेको थियो भने वडा अध्यक्ष केशरमान बिक, कार्यपालिका सदस्यहरु, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्साल, सदस्य टेकबहादुर बिक, नेपाली काँग्रेसका युवा नेता कमल शाह लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला विकास निरीक्षक सशिला घर्तीमगरले गर्नुभएको थियो । 

कार्यक्रममा ४० जना दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

WhatsApp-Image-2024-06-04-at-21.08.36_fe385d99-1717515151.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्