सेरीगाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

बुधबार, जेठ २३, २०८१

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुदा दुई जना घाइते भएका छन्।

बुधबार बिहान मुसिकोट नगरपालिका -५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार घाइते हुनेहरुमा मुसिकोट नगरपालिका -२ का १८ बर्षिय चालक सागर परियार र वडा नम्बर -५ निवासी ४० बर्षिय हरिचन्द्र केसी रहनु भएको छ ।

घाइतेहरुलाई उद्दार गरेर उपचारको लागि जिल्ला अस्पताल सल्ले लिईएको र थप उपचारको लागी सुबिधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । दुबै जनाको छातिमा चोट लागेको बताईएको छ ।

सेरीगाउँस्थित विद्युत कार्यालय नजिकै मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको बताईएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्