ट्याक्टर दुर्घटनामा घाइते चालकको मृत्यु

बुधबार, जेठ २३, २०८१

रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका -२ निवासी १८ बर्षिय सागर परियारको मृत्यु भएको हो ।

बुधबार बिहान मुसीकोट नगरपालिका -५ सेरीगाउँमा रा १ त ३७१७ नम्बरको ट्याक्टर दुर्घटनामा उहाँ घाइते हुनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार दुर्घटनामा घाइते परियारलाई थप उपचारको लागि नेपालगन्ज लैजादै गर्दा चौरजहारी पुर्याईएको बेला मृत्यु भएको हो । उहाँको छातिमा गहिरो चोट लागेको थियो ।

सोही दुर्घटनामा परेर मुसीकोट नगरपालिका वडा नम्बर -५ निवासी ४० बर्षिय हरिचन्द्र केसी घाइते  हुनु भएको छ । उहाँलाई थप उपचारको लागी रिफर गरिएको छ ।

घाइते दुबै जनाको जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार गरेर रिफर गरिएको थियो । सेरीगाउँस्थित विद्युत कार्यालय नजिकै मध्यपहाडी राजमार्गबाट तीन मिटर तल ट्याक्टर खसेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्