Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महासंघको स्मारिका विमोचन

बुधबार, जेठ २३, २०८१
tribeni2

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको स्मारिका, २०८१ विमोचन गरिएको छ ।

महासंघको खलंगास्थित कार्यालयमा बुधबार मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले स्मारिकाको विमोचन गर्नुभएको हो ।

उक्त  अवसरमा नगर प्रमुख केसीले रुकुमको पत्रकारिताको विगत, वर्तमान र सम्भावनाहरुको पक्ष समेटेर अभिलेखको रुपमा स्मारिका प्रकाशन गरेको बताउनुभयो । महासंघको जिल्ला शाखाले गरेका कामहरुको प्रशंसा गर्नुहुँदै उहाँले सबै कामहरुको अभिलेख राख्ने काम भएको उल्लेख गर्नुभयो ।

विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा उक्त स्मारिका प्रकाशन गरिएको हो । शाखा अध्यक्ष लक्ष्मण केसीले पाँच सय प्रति स्मारिका प्रकाशन गरिएको बताउनुभयो । 

स्मारिकामा पत्रकार महासंघ रुकुम शाखाको वर्तमान कार्यसमितिले गरेका गतिविधिहरु, रुकुमको पत्रकारिताको विगत र वर्तमानको अवस्था बारेका लेखहरु, शाखाको स्थापना कालदेखि हालसम्मको कार्यसमिति विवरण, जिल्लामा सञ्चालनमा रहेका रेडियो, अनलाइन, क्रियाशिल पत्रकारहरुको विवरण, सरकारी कार्यालयहरुको सूचना तथा विज्ञापन समेत स्मारिकामा समेटिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्