Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वातावरण दिवसको अवसरमा चौरजहारीमा सरसफाई र सचेनामूलक कार्यक्रम

बुधबार, जेठ २३, २०८१
tribeni2

विश्व वातावरण दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारीमा सरसफाई गरिएको छ । 

सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय चौरजहारीले दिवसको अवसरमा चौरजहारी बजार सरफाई गरेको हो । ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ मनाईएको दिवसको अवसरमा बजार सरसफाईसँगै सचेनामुलक र्याली समेत निकालेको शिक्षालयका लेखापाल यज्ञश्वर शर्माले जानकारी दिनुभयो । 

वातावरण सम्बन्धि जनचेतना फैलाउने र बजार सरसफाई गर्ने उद्धेश्यका साथ दिवसका अवसरमा उक्त कार्यक्रमगरिएको शर्माले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा शिक्षालयका डिप्लोमा इन वन, जियोमेट्रीक्स इन्जिनियरिङ, फार्मेसिका बिद्यार्थीहरु र प्रशिक्षकहरुको सहभागीता रहेको थियो । 

4ee6dc8d-1cdd-43a8-b14b-bd7e04783131-1717594076.jpg

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्