Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विश्व वातावरण दिवस

वातावरण संरक्षणका सवालमा वक्तृत्वकला, सोलाबाङमा प्रभातफेरि

महाकाली माविका कृतिका प्रथम
बुधबार, जेठ २३, २०८१
tribeni2

‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ बुधबार विश्व वातावरण दिवस मनाईएको छ । यस अवसरमा रुकुम पश्चिममा ‘वातावरण संरक्षणमा बिद्यार्थीको भूमिका’ बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिम र बाल कल्याण माध्यमिक विद्यालयको आयोजनामा मुसिकोट नगरपालिका -४ सोलाबाङस्थित बाल कल्याण माविमा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा मुसिकोट नगरपालिका भित्रका माध्यमिक तहमा विभिन्न विद्यालयमा अध्ययनरत १४ जना बिद्यार्थीहरुले भाग लिएका थिए । 

प्रतियोगितामा महाकाली माविका छात्रा कृतिका खड्काले प्रथम स्थान हाँसिल गर्नुभएको छ । त्यसैगरी बाल कल्याण मावि सोलाबाङका छात्रा मोनिका ओली द्धितीय, महेन्द्र माविका छात्र बिशेष निधि पुन तृतीय र बाल कल्याण मावि झुल्खेतका छात्र प्रदिप ओलीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । 

WhatsApp-Image-2024-06-05-at-08.00.01_03e04bdb-1717596464.jpgउत्कृष्ट स्थान ल्याउन सफल प्रतियोगिहरुलाई क्रमश पाँच हजार, चार हजार, तीन हजार र दुई हजार नगर पुरस्कारका साथ प्रमाणपत्र र डायरी प्रदान गरिएको बालकल्याण मावि सोलाबाङका प्रधानाध्यापक भक्तबहादुर खड्काले जानकारी दिनुभयो । प्रधानाध्यापक खड्काका अनुसार प्रतियोगितामा सहभागी सबै बिद्यार्थीहरुलाई यातायात खर्च र डायरी उपलब्ध गराईएको छ । 

कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले पृथ्वीलाई स्वच्छ राख्दा नै भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिन विश्व व्यापि रुपमा दिवस मनाईएको बताउनुभयो । उहाँले वातावरण संरक्षणका लागि सबैले आआफ्नो स्थानबाट सकारात्मक पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

WhatsApp-Image-2024-06-05-at-08.00.02_45b9cb99-1717596466.jpgनिमित्त प्रमुख परियारले जथाभावि फोहोर नगरेपछि र घर वरपर सफा राखेपछि वातावरण स्वच्छ हुने भएकोले वातावरणको स्वच्छताको लागि सबैले सोच्न आवश्यक रहेको जनाउनुभयो । पृथ्वीको तापक्रम बढ्दै गईरहेको प्रशंग उल्लेख गर्नुहुँदै उहाँले वन फडानी रोक्न, नदिनाला स्वच्छ बनाउन जरुरत रहेको बताउनुभयो । 

WhatsApp-Image-2024-06-05-at-08.00.02_9bea8dc3-1717596471.jpgदिसवका अवसरमा बुधबार बिहान मुसिकोट नगरपालिका ४ स्थित सोलाबाङ बजारमा प्रभातफेरि गरिएको छ । सन्देशुलक ब्यानर, प्लेकार्डसहितको उक्त प्रभातफेरिमा बिद्यार्थी, शिक्षक, महिला समुह, सहकारी, नेपाल प्रहरी, विभिन्न निकायमा कार्यरत कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । 

WhatsApp-Image-2024-06-05-at-08.00.04_1c93d14f-1717596479.jpg

WhatsApp-Image-2024-06-05-at-08.00.04_0d73a22a-1717596472.jpg

WhatsApp-Image-2024-06-05-at-08.00.02_aac00d74-1717596473.jpg

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्