Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान देखि नेपालगन्ज जाँदै गरेको जिप दुर्घटना, १२ जना घाइते

२०७८ कार्तिक १०
tribeni2

सल्यान / सल्यान मर्मपरिकाडाबाट नेपालगन्ज बाँके जाँदै गरेको जिप सल्यानको कुमाख गाउँपालिका– २ धावपानीखोलामा दुर्घटना भएको छ ।

बिहान ९ बजेको समयमा भे. १ ज. ९३० नम्बरको जीप दुर्घटना हुदा १२ जना घाइते भएका छन्। महिन्द्रा बोलेरो जीप सडकबाट ६० मिटर तल खसेको बताईएको छ । जीप दुर्घटना भएको खबर प्राप्त हुन साथ अस्थायी प्रहरी पोष्ट नेटा सल्यानको प्रहरी टोलीले १२ जनालाई उद्दार गरेर उपचारका लागि सल्लिबजार पठाएको छ ।

घाइते हुनेमा चालक बनगाड कुपिण्डे नगरपालिका –४ बस्ने २४ वर्षका लालबहादुर बुढा, कुमाख गाउँपालिका– २ बस्ने ३३ वर्षका पुर्णबहादुर बुढा, सोही क्षेत्रका वडा–१ बस्ने २९ वर्षका विशाल विक, २० वर्षका ईन्द्र बहादुर चन्द कुपिण्डे नगरपालिका – ४ बस्ने बर्ष २९को पिपर बुढा ,सिद्ध कमाख गाउँपालिका–४ बस्ने वर्ष २१ को दिल बहादुर चलाउने र उनी श्रीमती २० वर्षीय दुर्गा चलाउने, छोरा वर्ष २ को प्रशान्त चलाउने, जिल्ला कैलाली लम्कीचुवा नगरपालिका– ३ बस्ने बर्ष २८ को देवबहादुर बस्नेत ,कुमाख गाउँपालिका–२ बस्ने ३६ वर्षका वुद्दि थापा, २१ वर्षीय दुर्गा खत्री, ३२ वर्षीय लोकमाया पुन रहेका छन ।

प्रहरीका अनुसार वुद्दि थापा,दुर्गा खत्री र लोकमाया पुनको अवस्था भने गम्भीर रहेको छ । - ईन्द्रबहादुर बुढाथोकी

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्