जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बिहीबार, जेठ २४, २०८१

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।

बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

यसअघि गत कात्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो क्षति भएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्