Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीका तीन जना बिरामीलाई अमेरिकाबाट उपचार खर्चमा सहयोग

बिहीबार, जेठ २४, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका तीन जना बिरामीहरुलाई उपचार खर्चमा सहयोग गरिएको छ । रोजगारीको शिलशिलामा अमेरीकामा रहेका नेपाली युवाहरुले संकलन गरेर पठाएको रकम बिरामीलाई हस्तान्तरण गरिएको हो । 

विभिन्न रोगबाट ग्रसित तथा आर्थिक अवस्था कमजोर भई उपचार गर्न समस्यामा रहेका बिरामीहरुलाई अमेरीका रहनुहुने सानीभेरी गाउँपालिका -६ का मनराज देवकोटाको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरी रुकुमेली तथा अन्य ठाउँका  ५१ जना नेपाली युवाहरुले तीन लाख ३० हजार ७२० रुपैया संकलन गरी पठाउनुभएको थियो ।  

उक्त रकम पाठेघरको क्यान्सर भई काठमान्डौंमा उपचार गराइरहनुभएकी मनकला ओलीलाई दुई लाख,  पूर्व जनमुक्ती सेनामा घाइते हुनु भई हाल खुट्टा भाँचिएर काडमान्डौंमा उपचार गराइरहनुभएका बलबहादुर पुनलाई एक लाख र लडेर ढाड भाँचिएर नेपालगंजमा उपचार गराइरहनुभएकी जयकुमारी पुनलाई ३० हजार ७२० रुपियाँ हस्तान्तरण गरिएको हो । 

उक्त रकम पत्रकार तथा सामाजिक अभियान्ता नारायण ओलीमार्फत  बिरामीका आफन्तजनलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम बुझ्दै क्यान्सर पिडित मनकला ओलीकी सासुआमा शशिली ओलीले बुहारीको उपचारमा धेरै रकम खर्च भई घरबार समेत जाने अवस्थामा सहयोग पठाउनुहुने सबै सहयोगीलाई धन्यबाद व्यक्त गर्नुभयो । 

सानीभेरी गाउँपालिका ६ का घाईते बलबहादुर पुनकी श्रीमती सार पुनले युद्ध कालमा घाइते भइ अपांगता भएको जीवन बिताइरहँदा उही खुट्टा फेरी भाँचिएर उपचारमा ठुलो रकम खर्च भएको र अहिले उपचारको लागि सहयोग प्राप्त हुदा अत्यन्तै खुसी भएको बताउनुभयो । 

अमेरीकामा कर्मथलो बनाएका रुकुमेलीहरुले यसअघि पनि थुप्रै बिरामीहरुलाई लाखौं सहयोग गरिसकेको पत्रकार ओलीले जानकारी दिनुभयो । 

7074331c-6583-4e82-9011-42d211951c91-1717689182.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्