चौरजहारी अपाङ्गता पुनःस्थापना केन्द्रको अध्यक्षमा जीवन चयन 

बिहीबार, जेठ २४, २०८१

रुकुम पश्चिमको चौरजहारीमा रहेको चौरजहारी अपाङ्गता पुनःस्थापन केन्द्रको दोस्रो साधारण  सभा सम्पन्न भएको छ । 

साधारण सभाबाट केन्द्रको अध्यक्षमा जीवन पोखरेल चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा राम बहादुर बोहरा, सचिवान सन्देश जैसी, सहसचिवमा गोपाल प्रसाद जैसी र कोषाध्यक्षमा सन्जिका भन्डारी चयन हुनुभएको छ । सबै कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । 

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा उपप्रमुख ईश्वरी शर्मा बि.एम., नेकपा माओवादी केन्द्रका नेता ऋषि प्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी उपशाखा  चौरजहारीका  सभापति  तेज बहादुर बटाला, एचडिसिएस आशा बाल विकास सेवाका संयोजक तुलसा शर्मा, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी लगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभाको अवसरमा विभिन्न कार्यालयहरुलाई प्रशंसा पत्र र  ब्यक्तिहरुलाई सम्मान पत्र  प्रदान गरिएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्