Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुमा सिंचाई नहर बनेपछि पिपलका किसानहरु खुशी

शुक्रबार, जेठ २५, २०८१
tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –२ मा १७८ मिटर लामो सिंचाई नहर निर्माण भएको छ । नहर निर्माण भएपछि यहाँका किसानहरु खुशी भएका छन् । 

वडामा रहेको पुमा सिंचाई नहरको काम पुरा भएपछि खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेको भन्दै किसानहरु खुशी भएका हुन् । स्थानीय किसान यामबहादुर खत्रीले पक्की नहर निर्माण भएपछि व्यवस्थित रुपमा सिंचाई हुने बताउनुभयो । नहर निर्माण भएर सिंचाईको पानी समेत सुचारु भएको बताउँनुहुँदै खत्रीले यस क्षेत्रमा खाद्यन्न तथा तरकारी खेतीका लागि नहरको पानी उपयोग हुने जनाउनुभयो ।

अर्का किसान टोप बहादुर पौडेलले नहर निर्माणपछि पुमा देखि तल्लाबगर हुँदै खोपीगाउँ सम्मका किसानहरु खुशी भएको उल्लेख गर्नुभयो । यसअघि कच्चि कुलोबाट खेतियोग्य जमिनसम्म सिंचाईको लागि पानी ल्याउन मुश्किल हुने गरेको र अब सहज हुने पौडेलले बताउनुभयो । किसानहरुको मर्कालाई मध्यनजर गरेर वडा कार्यालयले नहर निर्माणको लागि महत्वपूर्ण पहलकदमी लिएको उहाँको भनाई छ । 

यो सिंचाई नहरले मुख्य गरेर यस क्षेत्रको धान उत्पादन हुने क्षेत्र सिंचित हुने बताईएको छ । वडा अध्यक्ष प्रकाश खत्रीले यस नहरबाट वडाका करिब पाँच सय घरधुरी लाभान्वित हुने जानकारी दिनुभयो । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयको २५ लाख लागतमा धमधमे छहरा र पुमा सिंचाई नहर निर्माणको काम सुरु गरिएको थियो ।

पुमा सिंचाई नहरको काम सम्पन्न भएर पानी सञ्चालन भईसकेको र धमधमे छहराको काम अन्तिम चरणमा रहेको वडा अध्यक्ष खत्रीले जनाउनुभयो । 
नहर निर्माण हुनुअघि परम्परागत कुलोबाट सिंचाई हुने गरेको थियो । तर सिंचाई अपर्याप्त हुने र असहज भएपछि किसानहरुको समस्या समाधान गर्न वडा कार्यालयको पहलमा नहर निर्माणको योजना परेको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्