Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

८१ जना अपांगता भएका ब्यक्तिलाई ह्विलचियर वितरण

बुधबार, जेठ ३०, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा शारिरीक अपांगता भएका ८१ जना व्यक्तिहरुलाई ह्विलचियर  वितरण गरिएको छ । 

मंगलबारसम्ममा चौरजहारी नगरपालिकामा अवस्थित चौरजहारी अस्पतालमा सुन्दर ढोका साथी सेवा ललितपुर र मानव विकास तथा सामुदायिक सेवाको आर्थिक तथा प्राविधिक सहयोगमा शारिरीक अपांगता भएका ८१ जना व्यक्तिहरुलाई निशुल्क रुपमा  ह्विलचियर  वितरण गरिएको हो । 

ह्विलचियर  वितरणसंगै अपांगता भएका व्यक्तिहरुलाई चौरजहारी अस्पतालले निशुल्क रुपमा  फिजियोथेरापी सेवा समेत प्रदान गरेको हो । गएको आइतबार कर्णाली प्रदेशका पुर्व मूख्यमन्त्री  राजकुमार शर्माको प्रमुख आतिथ्यतामा एक औपचारिरीक कार्यक्रमका विच ह्वीलचियर वितरण कार्यको उदघाटन गरिएको थियो । 

ह्वीलचियर वितरणको पहिलो दिन आइतबार  २९ जनालाई , दोस्रो दिन सोमबार २६ जनालाई र तेस्रो दिन मंगलबार २७ जनालाई गरि जम्मा ८१ जनालाई  अत्याधुनिक ह्वीलचियर वितरण गरिएको समुदायमा आधारित पुर्नस्थापना सेवाका सहजकर्ता सन्देश जैसीले जानकारी दिनुभयो । प्रति ह्वीलचियर ४० हजारको रकम वाट खरिद गरिएको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक बिजता अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार रुकुम पश्चिमका छ वटै स्थानीय तहमा  शारिरीक अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर प्रदान गर्ने लक्ष्य राखिएको भएपनि पहिलो चरणमा चौरजहारीमा वितरण गरिएको हो । अमेरिका र भारत वाट ल्याईएका ह्वीलचियर मेकानिकल ईन्जीनियरले चौरजहारीमा नै फिट गरेपश्चात् वितरण गरिएको थियो ।

चौरजहारी अस्पतालमा वितरण गरिएको ह्वीचियर प्राप्त गरेपछि शारिरीक अपांगता भएका व्यक्तिहरुले खुसि व्यक्त गरेका छन । 

ह्विलचियर  वितरण कार्यक्रममा मानव विकास तथा सामुदायिक सेवा अन्तरर्गत आशा वाल विकास सेवाका संयोजक तुलसा शर्मा, चौरजहारी अस्पताल प्रशासक डिल वहादुर गिरी, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक बिजता अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्