Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सवारी ज्यान मुद्धामा फरार दुई प्रतिवादी पक्राउ

शुक्रबार, जेठ ३२, २०८१
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । सवारी ज्यान मुद्धामा अदालतबाट कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरिएको हो । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१२ निवासी ४६ वर्षिय कर्णबहादुर ओली भन्ने कर्ण ओली र बर्दियाको बाँसगढी नगरपालिका –१ बस्ने २२ वर्षिय मदन परियारलाई पक्राउ गरिएको हो । 

ओलीलाई आठविसकोट नगरपालिका –१० स्थित गिजाबाट र परियारलाई मुसिकोट नगरपालिका –१ खलंगा बजारबाट पक्राउ गरिएको हो । 

प्रहरी निरीक्षक शाहीका अनुसार रुकुम जिल्ला अदालतको मिति २०७७ चैत ४ गतेको फैसला अनुसार ओलीलाई सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाय तोकिएको छ । त्यसैगरी परियारलाई पनि २०८१ वैशाख २७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्धामा एक महिना कैद सजाय तोकिएको छ । फैसलायता दुबै जना फरार रहेका थिए । 

जिल्ला प्रहरी कार्यालयले अदालतका फैसला कार्यान्वयन गर्ने क्रममा ओलीलाई जेठ ३१ गते बेलुका र परियारलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ गरेका दुबै प्रतिवादीहरुलाई आवश्यक कारबाहिको लागि अदालतमा पठाईएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्