सोमबार सार्वजनिक बिदा

शुक्रबार, जेठ ३२, २०८१

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

बक्र ईदमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्