बजेट भाषण

बजेट प्रस्तुतीमा नयाँपन : कर्णालीको कोट र कर्णालीकै झोलामा बजेट

शनिबार, असार १, २०८१

सुर्खेत । शनिबार कर्णाली प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरिएको छ । 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले सभामा बजेट प्रस्तुत गर्नुभएको हो । 

केसीले विगतका सरकारका आर्थिक योजना मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गर्ने भन्दा नयाँपनका साथ प्रदेश सभामा बजेट प्रस्तुत गर्नभएको छ।

कर्णाली सरकारको आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सभामा वजेट पेश गर्न आउँदा केसीले कर्णालीमै उत्पादन भएको अल्लोको कोट र बजेट भाषण बोक्ने झोला बोकेर नयाँ रुपमा प्रदेश सभामा प्रस्तुत हुनुभएको छ । 

केसीले सदनमा बजेट भाषण गरिसक्नुभएको छ । उहाँले प्रयोग गरेको झोला स्थानीय व्यापारी उदिराम डाँगीको उद्योगमा निर्माण भएको बताईएको छ । 

20240615_150827-1718450277.jpg
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्