कर्णालीमा भौतिक मन्त्रालयलाई सबैभन्दा बढी बजेट (कुन मन्त्रालयलाई कति बजेट ?)

शनिबार, असार १, २०८१

सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्नुभएको हो । 

वक्तव्यमा भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई सबैभन्दा बढी अर्थात १० अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयका लागि ५ अर्ब ७२ करोड विनियोजन गरिएको छ भने भूमि, व्यवस्था, कृषि मन्त्रालयका लागि १ अर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि २ अर्ब ८६ करोड, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि १ अर्ब ९४ करोड र कानुन मन्त्रालयलाई २९ करोड ६४ लाख विनियोजन गरिएको अर्थमन्त्री केसीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्