कर्णालीकाे बजेट ३१ अर्ब ४१ कराेड (पूर्णपाठ सहित)

शनिबार, असार १, २०८१

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले सभामा आज प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ ।

"सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली" भन्ने मुल ध्येयका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने अर्थमन्त्री केसीले बताउनुभयो ।

कर्णालीको बजेट वक्तव्य :

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्