Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिजयश्वरी बोर्डिङका प्रिन्सिपल थापालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

शनिबार, असार १, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा रहेको बिजयश्वरी इङलिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल जय बहादुर थापाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । 

थापाले हालै कोलम्बियामा भएको एक कार्यक्रममा तेस्रो अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्नुभएको हो । शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै प्रिन्सिपल थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो । 

रुकुम पश्चिममा स्थापना भएर शिक्षा क्षेत्रमा गरेको योगदानको अन्तर्राष्ट्रिय जगतबाट प्रशंसा भएको भन्दै विद्यालयका सञ्चालक अनिता कुमाईले खुशी व्यक्त गर्नुभयो । यो खबरले विद्यालय परिवारका साथै सम्पूर्ण शुभचिन्तकहरुका थप हौसला मिलेको उहाँले बताउनुभयो। 

448329715_2834110436755116_5719661038319433241_n-1718468189.jpg
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्