टिप्पर र मोटरसाइकल ठोक्किदा दुईजना घाइते

आइतबार, असार २, २०८१

सल्यानमा टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

आइतबार राप्ती राजमार्ग अन्तर्गत छत्रेश्वरी गाउँपालिका ६ कल्लेखोला नजिकै रा १ ख २२२४ नम्बरको टिप्पर र रा ४ प ९२२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेमा मोटरसाइकल चालक बागचौर नगरपालिका ८ कोटमौलाका २५ वर्षिय खगेन्द्र बिक र मोटरसाइकल पछाडि सवार सोहि ठाउँका २९ वर्षिय मनविर बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताउनुभयो।

घाइतेहरुलाई उपचारका लागि तुलसीपुर पठाइएको छ भने  अवस्था गम्भीर रहेको छ । टिप्पर चालक ईलाका प्रहरी कार्यालय लुहामको नियन्त्रणमा रहेको डिएसपी कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्