भारतमा भएकाे गाडि दुर्घटनामा चौरजहारीका गिरीको मृत्यु

आइतबार, असार २, २०८१

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर २ का ४८ वर्षिय पुरन कुमार गिरीको भारतमा भएको गाडि दुर्घटनामा परेर मृत्यु भएको छ । 

शनिबार बेलुका भारतको नासिकमा गाडि दुर्घटनामा गम्भिर घाईते हुनुभएका गिरीलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको चौरजहारी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष बिर बहादुर रानाले जानकारी दिनुभयो । 

करिब एक वर्षदेखि नासिकमा रोजगारी गदै आउनु भएका गिरी आफ्ना जेठा छोरासहित त्यहाँ काम गर्नुहुन्थ्यो । अस्पतालमा शवको पोष्टमार्टमपछि आज भारतमै गिरीको दाहसंस्कार गरिएको वडा अध्यक्ष रानाले बताउनुभयो । मृतक गिरीका ३ छोरा र बुहारीहरु हुनुहुन्छ । 

भारत जानुअघि गिरीले चौरजहारी नगरपालिका -२ मा रहेको शीतल माध्यमिक विद्यालयमा चौकिदारको रुपमा समेत काम गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्