Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटका २१ विद्यालयलाई डेस्क बेन्च हस्तान्तरण

मंगलबार, असार ४, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका भित्रका २१ विद्यालयहरुलाई डेस्क र बेन्च हस्तान्तरण गरिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुको सिकाइ निरन्तरताको लागि सुविधायोग्य डेस्क तथा बेन्च हस्तान्तरण गरिएको हो । 

ललितपुरस्थित नेपाल जेईतुस सामाजिक संस्था र बाँकेको कोहलपुरस्थित जीवन ज्योती संस्थाले डेस्क र बेन्च उपलब्ध गराएका हुन् । आठविसकोट नगरपालिका प्रमुख रबि केसीले २१ विद्यालयलाई ४२० सेट डेस्क र बेन्च सहयोग प्राप्त भएको बताउनुभयो । जेईटुसका निर्देशक रोय सेवस्टेन र जीवन ज्योतीका निर्देशक जोमन जेम्ससहितको टोली विद्यालयमा पुगेर उक्त सामाग्रीहरु उपलब्ध गराएको हो । 

निर्देशकद्वयसहित आएको प्राविधिकहरुको टोलीले २१ वटै विद्यालयमा पुगेर डेस्क र बेन्च जडान समेत गरेको छ । सुविधायोग्य डेस्क र बेन्चले बालबालिकाको कक्षाकोठाको बसाई, किताब तथा कापी सुरक्षित व्यवस्थापनमा टेवा पुग्ने नगर प्रमुख केसीले बताउनुभयो । यसका साथै सिकाइमैत्री वातावरण निर्माणमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । 

भूकम्पले क्षती गरेका यहाँका विद्यालयहरु भने पुनर्निर्माणको पर्खाईमा रहेका छन् । आठविसकोट नगरपालिकाका शिक्षा शाखाका अनुसार गत कात्तिक १७ गतेको भूकम्पको कारण यहाँका ६४ विद्यालयमा क्षति पुगेको छ । यी मध्य ५४ वटा सामुदायिक विद्यालय पूर्ण रुपमा क्षती भएका छन् भने १० वटामा आंशिक क्षती भएको शिक्षा अधिकृत ईन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो ।

आठविसकोटमा अहिले २२ वटा सिकाई केन्द्र बनेका छन् भने १० वटा निर्माणाधिन रहेका छन् । तत्काल ५९ वटा अस्थायी सिकाइ केन्द्र आवश्यक रहेको शिक्षा अधिकृत बिष्टले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्