Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिद्यार्थी बेहोस हुन थालेपछि आठविसकोटका विद्यालय बन्द

मंगलबार, असार ४, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका भित्रका विद्यालयहरु बन्द गरिएको छ । 

केहि दिन यता बिद्यार्थीहरु एक्कासी बेहोस हुने, छटपटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाहका अनुसार भोली असार ५ गते देखि ९ गतेसम्मको लागि पठनपाठन स्थगन गर्ने निर्णय भएको हो । 

नगर प्रमुख रबि केसीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पाँच दिन पठनपाठन स्थगन गर्ने निर्णय गरेको हो । मिन पचास बिदाबाट बिदा कट्टि हुनेगरी नियमित पठनपाठन स्थगित गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहले जानकारी दिनुभयो । 

अत्याधिक गर्मीको कारण बिद्यार्थीहरु बिरामी भएको विद्यालयले जानकारी दिएका छन् । नगरपालिकाका शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टका अनुसार केहि दिन यता वडा नम्वर १० मा रहेको जनता माध्यमिक विद्यालय झिन्चौरका ८–१० जना बिद्यार्थीहरुमा विद्यालयमै एक्कासी बेहोस हुने, छट्पटाउने समस्या देखिएको थियो । त्यसैगरी वडा नम्वर ११ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका बिद्यार्थीहरु समेत बिरामी हुन थालेका थिए । 

बिद्यार्थीहरु बिरामी हुने क्रम नरोकिएपछि र बिरामी हुने दर बढ्न थालेपछि आकस्मिक बैठक बसेर नियमित पठनपाठन स्थगित गरिएको हो । 

448264561_1633194024145970_6905142966473980487_n-1718702345.jpg
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्