Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका १७ वर्षिय नविनलाई ब्लड क्यान्सर, सहयोगको लागि अपिल

मंगलबार, असार ४, २०८१
tribeni2

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ का १७ वर्षिय नविन खड्कालाई ब्लड क्यान्सर भएको छ । 

खड्कालाई डेढ महिनाअघि क्यान्सर भएको पत्ता लागेको हो ।  घरको जेठो छोरा गम्भिर रोगबाट संक्रमित भएपछि उहाँको परिवारमा ठुलो संकट देखा पर्न थालेको छ । 

उहाँका बुवा लालसिं खड्का अनुसार छोराको काठमाडौस्थित सिभिल अस्पतालमा उपचार भईरहेको छ । गाउँमै खेती किसानी गर्ने सामान्य परिवारलाई ब्लड क्यान्सरको उपचारको लागि आर्थिक संकट परेको छ ।

खड्काले घरको जग्गा धितो राखेर पैसा निकालेको तर अब पैसाको अभाव रहेको बताउनुभयो । चिकित्सकले लगातार दुई वर्षसम्म उपचार गर्न सकेमा सुधार हुने बताएकोले छोरालाई बचाउन उहाँले गुहार माग्नु भएको छ । 

खड्का आफै पनि मुटुको रोगी हुुनुहुन्छ । अहिले पैसाको अभावमा काठमाडौको बिरानो शहरमा सहाराविहिन भएको उहाँले बताउनुभयो । आफूसँग अब छोरोको उपचार गर्न सक्ने आर्थिक रकम नभएकोले परिवारमा बिपत्ति पर्ने पीरमा उहाँ हुनुहुन्छ । अब कहा के गर्ने हो ? उहाँलाई केई पत्तो छैन ।  
पारिवारीक अवस्था कमजोर, घरको श्रोत सम्पति बेचेर उपचार गर्न सम्भव नभएकोले मनकारी व्यक्तिहरुलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । नविनलाई उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले तपशिलको बैक खाता अथावा इसेवा मार्फत सहयोग गर्न सकिने जनाईएको छ । 

बिरामीका बुवाको बैंक खाता विवरण :
Name : Lalsing Khadka
bank: NIC ASIA BANK LTD, Rukum Branch AC: B987769341524001

मोबाईल नम्वर : 9814579138
E Sewa Id 9742448348 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्