अरिंगालले टोक्दा एक महिला घाइते

बुधबार, असार ५, २०८१

रुकुम पश्चिममा चौरजहारी अरिंगालको टोकाईबाट एक महिला घाईते हुनुभएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर ५ निवासी ४६ वर्षिया दिपा खत्री घाइते हुनुभएको हो । आफनै करेसावारीमा काम गर्ने क्रममा मंगलवार वेलुका उहाँलाई अरिगांलले टोक्दा घाईते हुनुभएको हो ।

अरिगांलले टोके लगत्तै घरपरिवार र आफन्तको सहयोगमा चौरजहारी अस्पताल पुरयाईएको थियो ।

हात, खुट्टा लगाएत शरिरका विभिन्न ठाउँमा अरिंगालले टोकेको अस्पतालले जनाएको छ । खत्रीको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्