भूमे नाच अर्थात बल पुजा

मुसिकोटको सहिद मैदानमा भूमे नाचको रौनक (फोटो फिचर)

अगुवालाई सम्मान र दान दिएर नाच समापन 
बुधबार, असार ५, २०८१

यतिबेला मगरबस्तीहरु भूमे पर्वमय बनेका छन् । मगर समुदायको सबैभन्दा ठुलो चाड भूमे नाच अर्थात बलपुजा रुकुम पश्चिमको मुसीकोट नगरपालिका -१ खलंगास्थित सहिद मैदानमा पनि उत्लासपूर्ण रुपमा मनाईएको पाईन्छ । 

यहाँका मगर बस्तीहरुमा यतिवेला भूमे नाच समापन गरिदैछ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ घर भई हाल मुसीकोट नगरपालिका -१ बस्दै आउनु भएकी साबित्रा मगरका अनुसार हरेक बर्ष विधिपूर्वक लेकबाट बुकीको फुल टिपेर ल्याई बलपुजा सुरु हुने गर्छ । बलपुजासँगै सुरु हुने यो नाच कतै हरेक दिन त कतै शनिबारको दिन नाचिन्छ ।

bhume-nach-(1)-1718786960.jpegउहाँका अनुसार स्थान अनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधाम सहित नाचगान गर्दै बलि चढाउने गरिन्छ । समापनको दिनमा अगुवाहरुलाई सम्मान गर्ने, नाचगानमा सरिक भएकाहरुलाई दक्षिणा दिने (दान फाल्ने) चलन रहेको छ । 

कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै भूमे नाच नाचिन्छ ।

bhume-nach-(3)-1718787176.jpgबलपुजा अर्थात भूमि पुजा मगर जातिका लागि निकै महत्वको चाड भएकाले खाम मगरले यस चाडमा भूमे नाच नाचेर आपसमा सद्भाव साट्दै मनाउने गरेको स्थानीय युवा नागेन्द्र कुमार पुनले जानकारी दिनुभयोे । उहाँले जेठ १ गतेबाट सुरु भएको भूमे नाच आज समापन गरिने बताउनुभयो ।

bhume-nach-(2)-1718786963.jpgभूमे पर्वमा सबै मगरहरु सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख पीर बिर्सने र मन खुशी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात भूमिलाई आफ्नो मुख्य देवताको रूपमा मानेर पुज्ने चलन रहेको छ । भूमिको पुजा भएपछि देवता खुशी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नाश भई पृथ्वीवासी सबैमा खुशी आउने विश्वास रहेको छ ।

bhume-nach-(1)-1718786961.jpgभूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ता र बालबालिकाको पनि उत्तिकै आकर्षण रहेको छ । उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोशाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।

bhume-nach-(4)-1718787176.jpg

bhume-nach-(5)-1718786969.jpg

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्