Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्यालाखदीका बोहरा अवैध काठ बेचेको आरोपमा पक्राउ

बुधबार, असार ५, २०८१
tribeni2

रुकुम पश्चिममा सञ्चालित एक काष्ठ उद्योगबाट अवैध काठ बिक्रि वितरण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  

जिल्लाको आठविसकोट नगरपालिका ३ स्यालाखदी निवासी ४६ वर्षिय डन्डे बहादुर बोहरालाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो ।

डम्बर काष्ठ उद्योगका सञ्चालक बोहरालाई मंगलबार नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।बोहरालाई रुकुम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाईएको कार्यालय प्रमुख परियारले उल्लेख गर्नुभयो ।

उहाँलाई काष्ठ उद्योगबाट श्रोत नखुलेको काठ विक्रिवितरण गरेको आरोप रहेको छ । बोहरा विरुद्ध अनुसन्धान पुरा गरेर वन ऐन, २०७६ बमोजिम मुद्धा चलाईने बताईएको छ ।

उहाँलाई प्रहरी हिरासतमा राखिएको छ । डिभिजन वन कार्यालयबाट खटिएको एक टोलीले बोहरालाई स्यालखदीबाटै पक्राउ गरिएको हो । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्