Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका एक युवाको काठमाडौंको होटेलमा रहस्यमय मृत्यु

२०७८ कार्तिक १०
tribeni2

काठमाडौं / रुकुम पश्चिमका एक युवाको काठमाडौको होटलमा मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ४ चापा निवासी अन्दाजि ३४ बर्षका पाण्डव चन्दको काठमाडौको नयाँ बसपार्क स्थित बुढा होटेलमा बुधबार बेलुका मृत्यु भएको हो ।
उहाँको मृत्युको कारण भने खुलेको छैन ।

भेटघाटको क्रममा होटेलमा पुगेका पाण्डवको होटलमै मृत्यु भएको बताईएको छ । श्रोतका अनुसार उहाँ केहि समय यता पारीवारिक तनावका साथै शारीरिक रुपले अस्वस्थ समेत हुनुहुन्थ्यो ।

युवा व्यवसायीको रुपमा परिचित पाण्डवको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २३:१०
प्रतिक्रिया दिनुहोस्