Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिहे गरेको ६ महिनामै ब्लड क्यान्सर, आर्थिक अभावले उपचारमा समस्या

बुधबार, असार ५, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर -८ सोतिखोला निवासी २३ वर्षिय प्रकाश टमटालाई ब्लड क्यान्सर भएको छ । 

बिहे गरेको ६ महिनामै प्रकाशलाई ब्लड क्यान्सर भएको पुष्टि भएको हो । विवाह गरेको ६ महिनामै श्रीमानलाई ब्लड क्यान्सर देखिएपछि बिमलालाई ठुलो पीडा भएको छ । उहाँले श्रीमानको ज्यान बचाउनको लागि सम्पूर्ण मनकारीहरुलाई सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । 

कमजोर पारिवारीक आर्थिक अवस्थाको कारण उहाँको उपचारमा समस्या भएको बिरामीका दाई सागर ताम्राकारले जानकारी दिनुभयो । बिहे गरेको ६ महिनामै प्राणघातक रोगको संक्रमण देखापरेपछि उहाँको परिवारमा थप संकट देखिएको सागरले बताउनुभयो । 

प्रकाशलाई अहिले उपचारको लागि टिचिङ अस्पताल काठमाडौमा लिईएको छ । तर, आर्थिक रकम जुटाउन नसक्दा उहाँका उपचारमा समस्या देखिएको छ । 

चिकित्सकले पैसा जुटाउन सकेमा भाईलाई बचाउन सकिने बताएपछि आफूले सबै आफन्त, शुभ चिन्तक, मनकारी महानुभावहरुलाई सहयोगको लागि याचना गरेको सागरले बताउनुभयो । 

अहिलेसम्म उपचारको क्रममा घरमा भएको सबै सम्पति सकिएकोले भाईको बाँच्ने इच्छा पुरा गरिदिन सम्पूर्ण मनकारीहरुलाई सकेको सहयोग गरिदिन उहाँले अनुरोध गर्नुभयो । 

सहयोग को लागि आवश्यक सम्पर्कहरु :

बिरामीको नाम : प्रकाश टमटा

उमेर : २३ बर्ष, मोबाइल नम्बर : 9864321011

9866822233 (बिरामी को बुवा )

बैंकको नाम : राष्ट्रिय बाणिज्य बैंक

खातावालाको नाम : सागर ताम्राकार

नाता : (बिरामीको दाई)

Accounts no :4450100000825106

Account name : SAGAR TAMRAKAR

Branch : (lamki kailali )

Mobile no: 9868160597

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्