Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एकल महिलाहरुलाई बेमौसमी तरकारी खेतीका लागि तालिम

बुधबार, असार ५, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा एकल महिलाहरुलाई लक्षित गरेर बेमौसमी तरकारी खेतीका लागि तालिम सञ्चालन गरिएको छ । 

सामाजिक विकास कार्यालय रुकुम पश्चिमले एकल महिलाहरुको लागि सीप विकास तथा क्षमता विकास कार्यक्रम अन्तर्गत बुधबारदेखि सात दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गरेको हो । 

सामाजिक विकास कार्यालयका प्रमुख ध्रुवकुमार बाँठामगरका अनुसार एकल महिलाहरुको सीप विकासका साथै क्षमता विकास गरेर आर्थिक उपार्जनमा लाग्न सहयोग पुर्याउने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको हो । तालिममा तरकारी खेती सम्बन्धीको सैद्धान्तिक तथा व्यवहारिक कक्षा सञ्चालन गरिने बताईएको छ । 

यसका साथै आधुनिक कृषि प्रविधि, तरकारी खेतीका लागि नर्सरी बनाउने तरिका, विरुवा तथा बिउ रोप्ने तरिका, सिंचाईको तरिका र समय, बिषादी व्यवस्थापन, माटो मलिलो बनाउने तरिका, रोग किराको पहिचान लगायतका बिषयमा तालिम प्रदान गरिने कार्यालय प्रमुख बाँठामगरले जनाउनुभयो । 

तालिमको सहजिकरण तरकारी बिउ उत्पादन केन्द्र चापाका बरिष्ट बागवानी अधिकृत पदम बहादुर सुवेदी लगायतले गर्नुहुने छ । तालिममा प्रयोगात्मक अभ्यासबट समेत सीप सिकाईने बताईएको छ ।

तालिममा मुसिकोट नगरपालिकाका १५ जना एकल महिलाहरु सहभागी भएको सामाजिक विकास कार्यालयका महिला विकास निरीक्षक शशिला घर्तीमगरले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार उक्त तालिम सञ्चालन गरिएको हो । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्