रुकुम पश्चिमबाट नेकपा एसका दश जना महाधिवेशन प्रतिनिधि चयन

बुधबार, असार ५, २०८१

रुकुम पश्चिम । नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमले दश जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । 

आगामी असार १६ गतेदेखि काठमाडौंमा हुने पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधिहरु चयन गरिएको पार्टीका जिल्ला अध्यक्ष बिमल कुमार पुनले जानकारी दिनुभयो । 

आज मुसिकोटमा भएको पार्टीको कार्यालय बैठकले महाधिवेशन प्रतिनिधिहरु छनौट गरेको हो । अध्यक्ष पुनका अनुसार माधव गौतम, कल्याणी खड्का, सुरजकुमार परियार, धनराज खडका, बीरबहादुर शाही, रबिन्द्रकुमार विष्ट, हिरा रेउले, खोमबहादुर भण्डारी, दिपकराज खडका र अहिभान खड्का महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्