Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला उद्यमशिलताको लागि क्षमता विकास गरिदै

बुधबार, असार ५, २०८१
tribeni2

रुकुम पश्चिम । सामाजिक विकास कार्यालय रुकुम पश्चिमले महिला उद्यमशिलता सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको छ । 

मुसिकोटमा बुधबारबाट पाँच दिने तालिम सुरु भएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ध्रुवकुमार बाँठा मगरका अनुसार महिलाहरुलाई सीपसँगै व्यवसायिक बनाउन तालिम आयोजना गरिएको हो । 

तालिममा २४ जना महिलाहरुलाई समावेश गरिएको छ । महिलाहरुको व्यक्तित्व विकासका साथै उद्यमशिल कार्यमा लाग्न प्रेरित गर्ने उद्धेश्यका सात तालिम सञ्चालन गरिएको हो । 

तालिममा व्यक्ति विकास, परियोजना छनौट, व्यवसायीक योजना निर्माण तथा व्यवस्थापन लगायतका विषयमा सहजिकरण गरिने छ । तालिमबाट महिलाहरुको जीवनस्तर सुधारका लागि आयआर्जनका काममा लाग्ने लगायतका सीप प्रदान हुने कार्यालय प्रमुख बाँठामगरले उल्लेख गर्नुभयो ।

तालिमको सहजिकरण उद्यम विकास सहजकर्ता मेनुका चन्द लगायतले गर्नुहुने बताईएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्