गोतामकोटबाट राडी बजार आउँदै गरेको जिप दुर्घटना, ६ जना घाइते

बिहीबार, असार ६, २०८१

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -५ गोतामकोटबाट राडी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना भएको छ ।

ग १ ज ७२५४ नम्बरको जिप बिहिवार बिहान जाजरकोटको नलगाड नगरपालिका -१० रग्दामा दुर्घटना भएको हो ।

घटनाका प्रत्यक्षदर्शी जमुना रोकाले दिनु भएको जानकारी अनुसार दुर्घटनामा परेर ६ जना घाइते हुनुभएको छ । घाइतेहरुको उद्दार गरेर आठबिसकोट नगर अस्पताल पठाईएको रोकाले बताउनुभयो ।

नगर अस्पतालका निमित्त प्रमुख धनन्जय रिजालका अनुसार दुर्घटनाका ६ जना घाइतेहरुलाई अस्पतालमा ल्याईएको छ ।उहाँका अनुसार घाईते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ ।

आठबिसकोट नगरपालिका ५ गोतामकोटका मोहन बुढा र जोगे महताराको अवस्था गम्भीर रहेको रिजालले जानकारी दिनुभयो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्