चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते

बिहीबार, असार ६, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिममा  ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार विहान १० बजेतिर जिल्लाको चौरजहारी नगरपालिका -१२ सानाखोलास्थित भित्री सडकमा ट्याक्टर दुर्घटना भएको हो ।

कुलो निर्माणको लागी ढुंगा लिई चौरजहारीतर्फ आउँदै गरेको क. प्र. ०३००१ त ००१  नम्बरको ट्याक्टर ब्रेक फेल भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परि सोही ठाउँका २५ वर्षीय  गोपाल खत्रीको मृत्यु भएको  छ भने  अन्य ६ जना घाइते भएका छन् ।

घाइतेहुनेहरुमा चौरजहारी नगरपालिका ११ का ९ वर्षीय डिल्ली डाँगी, वडा नम्बर १२ का ४३ वर्षीय बलु जैसी, सोही ठाउँकी १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा, २० वर्षीय विकास कुमाइ  र चालक २३ वर्षीय  लक्ष्मण कुमाइ रहेका छन । 

घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ । ट्याक्टर सडकबाट ८० मिटर तल  खसेको बताईएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्