अनेरास्ववियु रुकुमको अध्यक्षमा देवेन्द्र मल्ल 

शनिबार, असार ८, २०८१

रुकुम पश्चिम । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु रुकुम पश्चिमको १७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट देवेन्द्र मल्लको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ ।  

कमिटीको उपाध्यक्षमा कुवेर के.सी., सचिवमा लोकेश मल्ल, सहसचिवमा दिपक ओली, कमल मल्ल र प्रतिभा डाँगी र कोषाध्यक्षमा मनिसा शर्मा निर्वाचित हुनुभएको अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश खड्काले जानकारी दिनुभयो । 

शुक्रबार अधिवेशनको उद्घाटन भएको भएपनि शनिबार भएको  बन्दसत्रले नयाँ कमिटी चयन गरेको हो । 

अधिवेशनमा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष नारायण घर्तिको प्रमुख आतिथ्यता रहेको थियो ।

यसैगरी केन्द्रिय सचिव सन्जिव धिताल, केन्द्रिय अनुशासन आयोगका अध्यक्ष शोभा सापकोटा, अनेरास्ववियु केन्द्रिय निर्वाचन आयोग अध्यक्ष सत्य शाही, कर्णाली प्रदेश सह इन्चार्ज रेखा थापा लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्