रास्वपा स्थापना दिवसको अवसरमा रुकुममा बिरुवा वितरण

शनिबार, असार ८, २०८१

रुकुम पश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा नि:शुल्क बिरुवा वितरण गरिएको छ । चौरजहारि नगरपालिका वडा नम्वर ८ का विभिन्न टोलहरुमा एक हजार पाँच सय वटा विरुवा वितरण गरिएको हो । 

रास्वपाका जिल्ला संयोजक मानबहादुर शाहीका अनुसार पार्टी स्थापनाको दुई बर्ष पुरा भएको अवसरमा वडाको बसिगाउँ, टाकुरा, लयाटा, गोईरी गाउँमा कागती र अमिलाका विरुवा निशुल्क उपलब्ध गराईएको हो ।  

रास्वपाले एक हजार २५० वटा कागती र  १२५० कागती र २५० अमिलोका बिरुवा २०० घरधुरी किसानलाई निशुल्क बाँडेको हो । चौरजहारी नगरपालिकाको ८ नम्बर वडामा कागती, अमिलाको राम्रो उत्पादन हुने क्षेत्र भएकाले कृषकलाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि उत्पेरित गर्ने उद्धेश्यले बिरुवाहरु वितरण गरिएको शाहीले जानकारी दिनुभयो ।

पार्टीले स्थापना दिवसको अवसरमा जिल्लाका अन्य ठाँउहरुमा पनि विभिन्न कार्यक्रमहरु पनि गरेको उहाँले जानकारी दिनुभयो । पार्टी स्थापना भएको अवसरमा कृषक र समुदायवासीको घरदैलोमै पुगेर सहकार्य गरेको भन्दै स्थानीयवासीहरुले खुसी व्यक्त गरेका छन् । 

बिरुवा वितरण कार्यक्रममा रास्वपाका कर्णाली प्रदेश सचिवालय सदस्य पुस्तक चन्द, जिल्ला संयोजक मान बहादुर शाही, जिल्ला कमिटी सदस्य लगायतको उपस्थिती रहेको थियो । 

32b0c5f3-a8f6-4ab1-ae13-9d19cb4a3857-1719074147.jpeg

4fe83518-83ed-430e-9ce4-8d67a14ad7dc-1719074147.jpeg

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्