डोल्पाबाट रुकुम हुँदै काठमाडौ जाँदै गरेको रात्री बस निसिखोलामा दुर्घटना

आइतबार, असार ९, २०८१

बाग्लुङको निसिखोला गाउँपालिका -६ मा काठमाडौ जाँदै गरेको रात्री बस दुर्घटना भएको छ ।

डोल्पा देखि रुकुम पश्चिमको खलंगा, रुकुम पुर्वको रुकुमकोट हुँदै  काठमाडौ जादै गरेको बटालियन यातायात प्रा.ली. को ००६ ख १४२६ नम्बरको बस आईतवार बेलुका दुर्घटना भएको हो ।

दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भएको छैन । कुनैपनि यात्रु, चालक र सह चालकलाई केही पनि नभएको बटालियन यातायात प्रालिले जानकारी दिएको छ ।

चालकका अनुसार ब्रेक फेल भएपछि बसलाई सडकको नालीमा हालेर क्षति हुनबाट जोगाईएको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २३:२१
प्रतिक्रिया दिनुहोस्