Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा अन्तरजातिय विवाह गर्ने जोडिलाई एक लाखसहित सम्मान

सोमबार, असार १०, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातिय विवाह गर्ने एक जोडिलाई सम्मान गरेको छ । नरपालिकाको १९ औ नगरसभाको अवसरमा एक लाख नगदसहित एक जोडिलाई सम्मान गरिएको हो । 

चौरजहारी नगरपालिका –२ निवासी लोकेन्द्र परियार र रोल्पाको परिवर्तन गाउँपालिका –३ निवासी खुमा के.सी.लाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले ल्याएको अन्तरजातिय विवाह गर्ने जोडिहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत उहाँहरुलाई सम्मान गरिएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्तरजातिय विवाह गरी सामाजिक साँस्कृतिक रुपान्तरणका लागि प्रशंसनिय एवम् अनुकरणीय कार्य गरेकोले उहाँहरुलाई सम्मान गरिएको हो । उहाँहरुले परिवर्तनशील एवम् विभेदजन्य कुसंस्कार अन्त्यको लागि चालेको कदमको उच्च प्रंशसा गर्दै प्रोत्साहन स्वरुप सम्मान गरिएको हो ।  

उहाँहरुलाई नगद, सम्मानपत्र, दोसल्ला र अबिरसहित नगर प्रमुख पुष्प वादी, उपप्रमुख ईश्वरी शर्मा बिएम र निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले सम्मान गर्नुभएको हो । 

गत वर्षदेखि नगरपालिकाले यो कार्यक्रम गर्दै आएको छ । गत वर्ष अन्तरजातिय विवाह गर्ने दुई जोडिलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्