Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा ल्याण्डलाईन नम्बर थप हुने

२०७८ कार्तिक ११
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा नेपाल टेलिकमको टेलिफोन (ल्याण्डलाईन) नम्बर थप हुने भएको छ । लामो समय देखि ग्राहकहरुले माग गरेतापनि टेलिफोन लाईन अभाव भन्दै पाउन मुश्किल हुने गरेको छ ।

ग्राहकको माग बमोजिम जिल्ला स्थित नेपाल टेलिकम दुर संचार कार्यालयले प्रादेशिक कार्यालय र केन्द्रमा समेत पत्राचार गर्दै आएको थियो । लगातारको ताकेतापछि जिल्लामा अब ल्याण्डलाईन नम्बर थप हुने भएको कार्यालयका प्रमुख कृणप्रसाद शर्माले बताउँनुभयो । हाल जिल्लामा चार सय ३१ ओटा ल्याण्डलाईन सेवाको क्षमता रहेको छ । ती सबै लाईन पहिले नै वितरण भैसकेको कार्यालय प्रमुख शर्माले बताउँनुभयो ।

यस बिषयमा नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, सम्पर्क कार्यालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले रुकुम पश्चिममा ल्याण्डलाईन सेवाको माग बढेकोले तत्काल लाईन थप गरिने बताउँनुभयो । उहाँले ग्राहकको माग र जिल्ला स्थित कार्यालयको पत्राचारले पनि चाँडै लाईन दिनुपर्ने भैसकेको जनाउँनुभयो । मूलपाटीसँगको कुराकानीमा उहाँले तिहार आसपासमा रुकुममा टेलिफोन नम्बरको क्षमता बढाउने उल्लेख गर्नुभयो ।

जिल्ला सदरमुकाम मुसिकोटको खलंगा, सेरिगाँउ, मठ, सल्ले, पिपलनेता, सोलाबांग क्षेत्रमा मात्र ल्याण्डलाईन सेवा विस्तार गरिएको छ ।

जिल्लाको चौरजहारी क्षेत्रमा भने जाजरकोटबाट ल्याण्डलाईन सेवा विस्तार गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ०६:१०
प्रतिक्रिया दिनुहोस्