Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला सभा र नगर सभामा पत्रकार लामिछाने सम्मानित 

मंगलबार, असार ११, २०८१
tribeni2

रुकुम पश्चिमका क्रियाशिल पत्रकार राजु लामिछानेलाई सम्मानसहित पुरस्कृत गरिएको छ । उहाँलाई जिल्ला समन्वय समिति, चौरजहारी नगरपालिका र आठविसकोट नगरपालिकाले पुरस्कारसहित छुट्टाछुट्टै कार्यक्रममा सम्मान गरेका हुन् । 

चौरजहारी र आठविसकोट नगरपालिकाले नगरसभाको अवसरमा लामिछानेलाई पुरस्कारसहित सम्मान गरेका हुन् भने जिल्ला समन्वय समितिले जिल्ला सभाको अवसरमा उहाँलाई सम्मानपत्र सहितसम्मान गरेको हो । 

पत्रकार लामिछाने मूलपाटी डटकम, गोरखापत्र दैनिक, उज्यालो रेडियो तथा अनलाईन, असल शासन साप्ताहिक लगायतका मिडियामा आवद्ध हुुनुहुन्छ । 

चौरजहारी नगरपालिकाले पत्रकार लामिछानेसँगै पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी र रेडियो चौरजहारीमा कार्यरत राजेन्द्र बिकलाई पनि नगदसहित सम्मान गरेको हो । उहाँहरुलाई सेवा प्रवाह, विकास निर्माण र नागरिक अपेक्षालाई पत्रकारिताको माध्यामबाट सुसुचित गरेको भन्दै उत्कृष्ट पत्रकारको रुपमा पुरस्कारसहित सम्मान गरिएको हो । 

त्यसैगरी आठविसकोट नगरपालिकाले पत्रकार लामिछानेसँगै कान्तिपुरका महेश केसी, नयाँँ पत्रिकाका मनिष खड्का र नयाँ नेपाल एफएमका प्रेम कुसारीलाई पनि सम्मान गरेको छ। पत्रकारिता क्षेत्रबाट नगरपालिकाको विकास र विपद्को समयमा गरेको उत्कृष्ट कामको सम्मान स्वरुप चारै जनालाई पुरस्कारसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।  

यसका साथै जिल्ला समन्वय समितिले गत शनिबार भएको जिल्ला सभाको अवसरमा लामिछानेसँगै पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसी, सचिव हिरा परियार, कान्तिपुर दैनिकका महेश केसी, नयाँ पत्रिका दैनिकका मनिष खड्का र रेडियो सानीभेरीमा कार्यरत देवकुमार ओलीलाई पनि सम्मान गरेको हो । 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्