चौरजहारीले ल्यायो ९२ करोड ८७ लाखको बजेट

मंगलबार, असार ११, २०८१

रुकुम पश्चिम । आगामी आर्थिक वर्ष ०८१/८२ को लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ९२ करोड ८७ लाख ४५ हजार रुपियाँको बजेट ल्याएको छ । 

सोमबार भएको १९ औं नगर सभामा उप प्रमुख ईश्वरी शर्मा बिएमले नगरपालिकाको सञ्चित कोष र संघ सस्थाको समेत गरेर ९२ करोड ८७ लाख ४५ हजार रुपियाँको बजेट तथा कार्यक्रम प्रस्ताव गर्नुभएको हो । 

सभामा नगरपालिकाको सञ्चित कोषतर्फ ६० करोड ५७ लाख १६ हजार ९४७ रुपियाँको बजेट पेश गरिएको हो । उपप्रमुख शर्माका उहाँका अनुसार चालुतर्फ ४२ करोड ८२ लाख ९८ हजार ९४२ अर्थात ७०.७१ प्रतिशत र पुँजीगततर्फ १७ करोड ७४ लाख १८ हजार पाँच रुपियाँ अर्थात २९.२९ प्रतिशत वजेट बिनियोजन गरिएको छ । 

‘समृद्ध चौरजहारी : जनउत्तरदायी सरकार’ भन्ने सोच पुरा गर्न उत्पादन र स्वरोजगारलाई प्राथमिकता दिएर बजेट ल्याईएको छ । नगर प्रमुख पुष्प वादीका अनुसार गरिब घर परिवार र वास्तविक किसान पहिचान गर्ने, पर्यटनका लागि पूर्वाधार निर्माण गर्ने, विद्यार्थीहरुलाई आयआर्जन र श्रमप्रति आस्था बढाउन शिक्षासँग श्रम कार्यक्रम सञ्चालनका कार्यक्रम ल्याईएको छ । 

चौरजहारी नगरपालिकाको आ.व. ०८१/८२ को बजेट तथा कार्यक्रम :

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्