लागु औषधबिरुद्ध सचेनामूलक कार्यक्रम

बुधबार, असार १२, २०८१

रुकुम पूर्वमा लागु औषधबिरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा रुक्मिणी माध्यामिक विद्यालयको सहकार्यमा “लागु औषध बिरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ” भन्ने मूल नाराका साथ जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माध्यामिक बिद्यालयमा एक औपचारिक कार्यक्रमका बिच दिवस मनाईएको हो । 

दिवसका अवसरमा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई लागुऔषध के हो ? यसको सेवन तथा ओसारपसारले मानव स्वास्थ्य तथा जीवनमा पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराउनुका साथै चेतनामूलक दृश्य सामाग्रीहरुको समेत प्रदर्शन गरिएको छ । जिल्ला स्थित सुरक्षा निकायका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लागुऔषध सम्बन्धिका चेतनामूलक गीत, नाटक तथा अन्य सामाग्रीहरु भिडियोका माध्यमबाट प्रस्तुत गरेका थिए । 

पछिल्लो समय बिद्यालयस्तरमा पढ्ने बालबालिकाहरु नै लागुपदार्थ दुव्र्यसनीमा फस्ने गरेको कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवम् जिल्ला समन्वय समितिका उपप्रमुख मोहोन बहादुर के.सी.ले लागु औषधको दुव्र्यसनी समाजको बिभिन्न पक्षमा नकारात्मक असर पार्ने गम्भिर समस्या रहेको बताउनुभयो । हाम्रै समाज वरपर देखिएका समस्याहरु औंल्याउदै उहाँले यसको नियन्त्रणका लागि सम्बन्धित निकायहरुले गम्भिर रुपमा सोच्नुपर्ने बताउनुभएको छ ।  

प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माले देशका कर्णधार भनिएका युवाहरु नै यसको नकारात्मक प्रभावमा परेको हुदाँ लागुऔषध निरुत्साहनका निमित्त आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै प्रहरी नायव उपरिक्षक माधब राज खरेलले बिद्यालय स्तरमा पढ्ने बालबालीकाहरु नै लागुपदार्थ दुव्र्यसनीमा फस्ने गरेको बताउदै यसबाट बिद्यार्थीलाई टाढा राख्ने उद्धेश्यका साथ बिद्यालय नै छनोट गरेर चेतनामूलक कार्यक्रम गरिएको बताउनु भयो । लागुऔषध बिरुद्धको जनचेतनाका निमित्त नेपाल प्रहरीले चेतनामूलक कार्यक्रम गर्दै आएको र अझै पनि प्रहरी साझेदारी कार्यक्रम मार्फत टोल टोलमा पुगेर यसको बिरुद्धमा चेतना अभिबृद्धि गर्दै टेवा पु¥याउने उहाँले बताउनुभयो । 

a5bc68af-29e6-42fb-b983-84c9d2e0c2b3-1719389688.jpegयसैगरी शिक्षा बिकास तथा समन्वय ईकाईका ईकाइ प्रमुख तिलक गौतमले लागु औषधको सेबन तथा ओसारपसारबाट मानव स्वास्थ्य र जीवनमा परेको असर लाई मध्यनजर गर्दै यसकोे सेवन तथा ओसारपसारलाई निरुत्साहित गर्ने उद्धेश्यका साथ बिश्वभरी नै यो दिबस मनाउने गरिएको बताउनु भएको छ । साथै उहाँले लागु औषधले मानव जीवनका हरेक पाटोमा नै नकारात्मक असर पु¥याउने हुदा यसको सेवनबाट सदैब टाढा रहन बिद्यार्थीलाई आग्रह गर्नु भएको छ । 

जिल्ला समन्वय समितिका उपप्रमुख मोहोन बहादुर के.सी.को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चण्डीदल गण रुकुम पूर्वका गुल्मपति गोपाल बोहोरा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधबराज खरेल, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक होमराज न्यौपानेको उपस्थिती रहेको थियो । 

यस्तै शिक्षा बिकास तथा समन्वय ईकाई का ईकाइ प्रमुख तिलक गौतम, डिभिजन बन कार्यालय का प्रमुख जितेन्द्र सिंह खड्का, एकिकृत कृषि तथा पशुपक्षिं बिकास कार्यलयका प्रमुख पिताम्बर बस्नेत, रुमिणी मा.बिका वि.व्य.स. अध्यक्ष ओमप्रकाश थापा लगाएत शिक्षक बिद्यार्थीको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले गर्नुभएको थियो ।  

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्