Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मकै गोड्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु, दुई जना घाइते

बिहीबार, असार १३, २०८१
tribeni2

रुकुम पश्चिममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् l 

जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षिया  झुपा देवी रोकाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक  नवराज पोखरेलले जानकारी दिनुभयो । 

बिहिवार बिहान मकै गोड्न बारीमा गएको बेला लत्रिएको विद्युतको तारले उहाँलाई करेन्ट लागेको थियो । 

उहाँका अनुसार करेन्ट लागेर सोही ठाउँका  ६० वर्षिया शुसिला ओली र ३२ वर्षिया जमुना बुढाथोकी घाइते हुनु भएको छ । 

रोकालाई करेन्ट लागेपछी तान्न जानुभएका ओली र बुढाथोकी घाइते हुनुभएको प्रहरीको भनाई छ । 
दुबैजना घाइतेहरुलाई उपचारको लागि अहिले जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्