रुकुमकी मोनिश्रीलाई सातौं एसिया कप अन्तराष्ट्रिय तेक्वान्दोमा गोल्ड मेडल

बिहीबार, असार १३, २०८१

रुकुम पश्चिमकी एक बालिकाले सातौं एसिया अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडलसहित प्रमाणपत्र प्राप्त गरेकीछिन ।

त्रिवेणी गाउँपालिका वडा नम्वर ९ घरभै हाल काठमाडौंमा अध्ययनरत मोनिश्री चन्दले भारतको गोवामा भएको सातौं एसिया अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल सहित प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

आमा निरु शाह र वुवा मोहन कुमार चन्दकी जेठी छोरी मोनिश्री काठमाडौंको क्यान्भास बसन्तरितु स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन ।

८ वर्षिय मोनिश्रीले भारतको गोवामा गत असार ७ गते देखि ९ गते सम्म संचालन भएको २४ केजी तौल समुहको सातौं एसिया कप अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गोल्ड मेडल हात पारेकी हुन ।

FB_IMG_1719495639056-1719497831.jpgपढाइमा अब्बल मोनिश्री नृत्यकलामा पनि उत्तिकै रुचि राख्ने गरेको उहाँकी आमा निरु शाहले बताउनुभयो । मोनिश्रीले हालसालै एपी वान टेलिभिजनबाट प्रसारण हुने डान्स च्याम्पियन सिजन -२ मा फिजिकल राउन्ड हुँदै टिभी राउन्ड पार गरेर मेघा राउन्डसम्म पुग्न समेत सफल भएकी छिन।

प्रतियोगितामा नेपाल, भारत पाकिस्तान, वंगालादेश, लगाएत ७ वटा देशका २४ केजी तौल समुहका तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।
मोनिश्रीका वुवा मोहन कुमार चन्द भलिवल खेलका राष्ट्रिय रेफ्री समेत हुनुहुन्छ ।

FB_IMG_1719495642195-1719497833.jpg

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्